वैशाखमै स्थानीय निर्वाचन गराउने सत्तारुढ गठबन्धनको तयारी
Published:
by .काठमाडौ, सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्।
कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको सत्ता घटकहरुको बैठक स्थानीय तहको निर्वाचनमा वैशाखमै गर्ने गरी सरकारलाई सुझाव दिने गरी उठेको छ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन्।
स्थानीय तहको निर्वाचन समयमा गर्छौँ। निर्वाचन आयोगसँग परामर्श भइरहेको छु, उनले भने, संविधानले तोकेकै समयमा निर्वाचन सकेर संघीयतालाई मजबुद बनाउँछौँ। स्थानीय तहलाई अझै प्रभावकारी बनाउने कुरामा प्रतिवद्ध छौँ।
कार्कीले यसका लागि सरकारले निर्वाचन आयोगसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिएका छन्। समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छु, उनले भने, तपाईंहरु यसमा ढुक्क भए हुन्छ।
सत्तारूढ कांँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक बसेको हो।
सरकार सञ्चालनमा सहयोगका लागि काांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांँग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्।
राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्। केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो।
संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ। विशेष अवस्थामा यसको म्याद ६ महिना थप गर्न सकिने व्यवस्था छ। सामान्यतस् कार्यकाल सकिनु २ महिना अगाडि नै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ।
अरु थप विषयमा छलफल र निर्णयको लागि पर्सि माघ ६ गते फेरि गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ।
Comments