Sajhamanch Archive

रानामगरको अध्यक्षमा शिवसताक्षी साँस्कृतिक कलाकार संघ गठन

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसाक्षीमा शिवसताक्षी साँस्कृतिक संघ गठन भएको छ । संघको अध्यक्षमा सन्तोष राना मगर चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको कलाकारहरुको भेलाले अध्यक्षमा रानामगरलाई चयन गरेको हो । जसको उपाध्यक्षमा

उपाध्यक्षमा प्रकाश राजवंशी , सचिव अर्जुन सेन्च्युरी, कोषाध्यक्ष वविता गहतराज रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्दीप दर्नाल , शिलु विश्वकर्मा, रतन सिगू, सन्ध्या भण्डारी, अर्चना गिरी रहेका छन् ।

कनकाई साँस्कृतिक कलाकार संघका अध्यक्ष अमन गुप्ताको अध्यक्षता तथा शिवसताक्षी नपा–७ का वडाध्यक्ष नविन इजमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्तोष रानामगरले स्वागत गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला नृत्य कलाकार संघका निवर्तमान अध्यक्ष लोकचन्द्र श्रेष्ठ(एलसी), बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, शिवसताक्षी नपा–१० का वडासदस्य भाष्कर सिटौला, राष्ट्रिय जनसाँस्कृतिक महासंघ शिवसताक्षी नगर अध्यक्ष रेवत खनाल, कोचिला ग्राभुर फ्रन्ट शिवसताक्षी नगर अध्यक्ष विरेन्द्रप्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन अर्जुन सेन्च्युरीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *