Sajhamanch Archive

राष्ट्रिय खेलाडीलाई स्तब्ध पार्दै विराटनगर विजयी

Published: in खेलकुद by .

सुरुङ्गा । झापाको कनकाई नगरपालिका सुरुङ्गामा भइरहेको प्रथम टिभीएस अन्तर प्रदेश टि–२० क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा वाइआरसिसि क्लब विराटनगर विजयी भएको छ ।

विराटनगरले बिर्तामोडको युनाइटेड क्रिकेट क्लबलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिले टस जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो ।

बिर्तामोडले निर्धारित २० ओभरमा ८१ रनमात्र जोडेको थियो । बिर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिँदा बिर्तामोडबाटै खेलेका राष्ट्रिय टिमका सदस्य तथा नेपालका अन्डर नाइन्टिन टिमका पूर्व क्याप्टेनसमेत रहेका भुवन कार्कीले १२ रनमात्र जोडे ।

बिराटनगरलाई सस्तैमा समेट्नका लागि एमडी खालिदले सर्वाधिक ४ विकेट लिन सफल भए भने मैक कुमारले ३ विकेट लिए । विराटनगरले ८२ रनको सामान्य लक्ष्य १० ओभर ३ बल खेल्दा २ विकेटको क्षतिमा हासिल गर्यो । बिराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोडे भने अर्का ब्याट्सम्यान मुरली चौधरीले २५ रन जोडेका थिए ।

प्रतियोगितामा ४ विकट लिने बिराटनगरका एमडी खालिद म्यान अफ दि म्याच भए । उनलाई प्रविन तिम्सिनाले नगद २ हजार पुरस्कार प्रदान गरे ।

आइतबारको खेल मकवानपुर क्रिकेट क्लब र युथ क्रिकेट राजविराजबीच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले जानकारी दिएका छन् ।

कनकाई सचेत युवा क्लब र ह्वाइट वास क्रिकेट क्लबको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *