नेप्सेको उकालो यात्रा फेरि शुरु, नेप्से ३२.९६ अंकले बढ्यो
Published:
by .काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेको छ। आज १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक ११ उपसमूहको शेयर उकालो लाग्दै नेप्से २ हजार ९ सय ३१ दशमलव २६ विन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका २२९ ओटा धितोपत्रको ६ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर खरीदविक्री भएको छ। आज सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ।
बजार पुनस् उकालो लाग्दै जाँदा खरीदकर्ताहरूको आकर्षण बढेको छ।
Comments