उपत्यकामा शुक्रबारबाट निजी तथा भाडाका सबै सबारी जाेर बिजाेर
Published:
by .काठमाडौं, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।
त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ।
Comments