सत्तारुढ गठबन्धनको बैठक आज
Published:
by .काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।
माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन ।
दुवै नेता संक्रमणमुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो ।
Comments