पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक खुल्यो
Published: (Updated: )
by .चितवन, पहिराका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान ११ बजेदेखि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित सडकमा बिहान २ः३० बजे सुक्खा पहिरो खस्दा यसअघि यातायात अवरुद्ध भएको थियो।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तीनवटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाइएको हो।
सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएपछि सवारीसाधन चल्न थालेका छन्।
रासस
Comments