Sajhamanch Archive

लगनशिल कृषि सहकारीद्वारा उत्कृष्ट सदस्यहरुलाई सम्मान

Published: (Updated: ) in सहकारी by .

कमल । झापाको कमल गाउँपालिका ५ स्थित लगनशिल कृषि सहकारी संस्था लिमिटेडले शनिबार विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

लगनशिल कृषि सहकारीको चाहाना सक्षम समाजको परिकल्पना भन्ने स्लोगनका साथ सम्पन्न भएको साधारणसभामा उत्कृष्ट पशुपालनतर्फ दधिराम खत्री, हरिलाल आचार्य, स्वच्छ दुध उत्पादनतर्फ शर्मिला अधिकारी, श्री चाम्लिङ्ग सम्मानित भएका छन् ।

त्यस्तै नियमित दुध उत्पादनतर्फ गोमा नेपाली, चेवनाथ ढकाल, मनिकुमार लावती तथा धेरै दुध उत्पादनतर्फ गोपाल सार्र्की, मिनप्रसाद धिमिरे र जग प्रसाद भट्टराईलाई नगदसहित सम्मान पत्रबाट कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख खिर बहादुर श्रेण्ठले सम्मान गरेका गरेका हुन् ।
त्यसैगरी सब्जि खेतीतर्फ उत्कृष्ट पदमप्रसाद आर्चाय, कुखुरा पालनतर्फ गोविन्द खनाल, विरेन्द्र कुमार सुब्बा, बगुर पालनतर्फ दिलमाया लिम्बु, च्याउ खेतीतर्फ हरि प्रसाद चम्लागाई र कल्पना लावती बाख्रा पालन तर्फ छविलाल गुरागाँईलाई समेत संस्थाले पुरस्कृत गरेको छ ।

सस्थाले ज्येष्ठ नागरिकतर्फ ५ जना, ज्येष्ठ किसान ३ जना उत्कृष्ठ कर्जा तर्फ ७ जना,साधारण बचत, आवधिक बचत,दैनिक बचत,मासिक बचत,बाल बचत मा समेत उत्कृष्टलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाका सदस्य ईन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

संस्थाका अध्यक्ष नरेन्द्र बहादुर कार्की अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, विषेश अतिथि मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सस्थाका सचिव ईन्द्रबहादुर कार्र्की र व्यवस्थाक किशोर गुराँगाईले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *