इन्धन किनेको बक्यौता तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने
Published:
by .काठमाडौं– भारतसँग इन्धन किनेको पैसा तिर्न सरकारले नेपाल आयल निगमलाई १ अर्ब ८० करोड रुफैयाँ दिने भएको छ।
पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोषको शुक्रबार बसेको बैठकले निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने निर्णय गरेको हो।
आयल निगमले यही जनवरी २३ सम्म भारतीय आयल कर्पोरेशनलाई १३ अर्ब रुफैयाँ तिर्नुपर्ने बताएको छ। तर, पेट्रोलियम पदार्थको बिक्रीबाट ११ अर्ब २० करोड रुपैयाँ मात्रै संकल भएको निगमको भनाइ छ।
निगमले बुधबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार गरिएको मूल्यवृद्धि पछि पनि मासिक १ अर्ब ८८ करोड घाटा नै रहेको निगमको भनाइ छ।
Comments