Sajhamanch Archive

उद्यमशिल महिला जागरणमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला जागरण केन्द्रले आगामी कार्यकालका लागी पुन अध्यक्षमा शान्ता दाहाललाई चयन गरेको छ ।

प्रथम साधारण सभा तथा अधिवेशनले उपध्यक्षमा गोमा तिवारी सचिवमा गौरी राई, सह सचिवमा सुशिला अधिकारी, कोषाध्यक्ष सीता राइ सर्वसम्मत चयन गरेको हो । त्यस्तै सदस्यहरुमा मेनुका सापकोटा, गोमा तिम्सिना, सुशिला विक र कल्पना राई चयन भएको निर्वाचन समितिका संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

संस्थाका अध्यक्ष शान्ता दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कानुन र संविधानमा महिला र पुरुष बीच कुनै असमानता नभएपनि समाजमा भने अझैपनि असमानता रहेको बताइन् ।

समाजमा दाईजो नपाएका कारणले अहिले पनि हाम्रा छोरी चेलीको विवाह हुन नसकेको समेत अध्यक्ष काफ्लेले बताइन् ।

त्यस्तै विशेष अतिथी गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटी मेची युनेस्को क्लव का अध्यक्ष मधुसुधन अधिकारी, शिक्षक महासंघ कमल गाउँपालिकाका अध्यक्ष हिमप्रसाद दाहाल, प्यास्सन झापाका सचिव गौरीमान फागो, एन प्याप्सन प्रदेश नम्वर १ का सचिव अग्निप्रसाद कोईराला लगायतले साधारणसभाको सफलताका साथै नव निर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *