Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखीकरण

Published: (Updated: ) in विविधा, समाज by .

कमल । झापाको शिवसताक्षी नगरपालिकाका शिक्षकलाई विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखीकरण प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।

शिवसताक्षी नगरपालिका र दुधे आयुर्बेद औषधालय को आयोजनामा सम्पन्न तालिममा नगरपालिकामा भित्र रहेका १२ वटा सामुदायिक र एउटा सस्थागत गरी १३ वटा विद्यालयका २६ जना शिक्षक र एकजना विद्यालय नर्स गरि जम्मा २७ जना शिक्षकलाई तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

तालिममा आयुर्वेद तथा आयुर्बेदीय स्वास्थ्य जीवनशैली, निदचर्या र रात्रीचर्या,योगको परिचया र महात्तो,आशन प्रणायाम, भान्सा तथा घरवरीपरीका औषधीय जडिबुटी लगायतका विषयका साथै स्वास्थ्य जिवन शैली कसरीे विषयमा तालिम दिइएको हो । तालिममा समाजमा नसर्ने रोगको प्रकोपबाट बचाउन अपनाउने उपायहरु विद्यालय स्तरबाटै विद्यार्थीलाई योग र आयुर्वेद शिक्षाको प्रयोगको बारेमा जानकारी गराइएको दूधे आयुर्वेदका कविराज राजेन्द्र पोख्रेलले जानकारी दिए ।

उनले मेरो स्वास्थ्य मेरो जिम्मेवारीको अनुभुति गराउदै स्वास्थ्य, सक्षम, अनुशासित र उत्पालनशील नगरिक तयार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।

तालिमबाट दैनिक घर र भान्सामा प्रयोग हुने जडीबुटी, विभिन्न रोग लगायत योगका विषयमा धेरै कुरा सिक्न पाएको लालपानी माध्यमिक विद्यालयका शिक्षक हेमलाल आर्चालयले जानकारी दिए ।

जीवन स्वस्थ्य राख्न भान्साबाटै सुरु गर्नु पर्ने कुरा सिकेर हामी महिलाहरुलाई धेरै फाइदा मिलेको सोही विद्यालयकी शिक्षिका गांदे गंगादेवी निरौलाले बताइन् ।
सहभागीलाई पातन्जल योग समिती नेपालका संगठन विभाग प्रमुख तथा वरिष्ठ योग प्रशिक्षक गंगा ढकाल र दुधे आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोख्रेलले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *