माओवादी अध्यक्ष दाहालकी पत्नी सीता कोरोना संक्रमित, मेडिसिटी अस्पतालकाे आइसीयूमा उपचार
Published: (Updated: )
by .काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन् । पारिवारिक स्रोतका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।
तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ न्यूरोलोजीकल डीसअर्डर एण्ड स्ट्रोक (एनआइएनडीएस) का अनुसार, पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।
मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ । एनआइएनडीएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ ।
सामान्यतः पीएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ । तर, कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पीएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन् ।
Comments