Sajhamanch Archive

चारआली साकोसको साधारणसभाले १४ वटा कार्ययोजना पारित गर्यो

Published: in सहकारी by .

चारआली । आर्थिक वर्ष २०७५/०७६ लाई बचत वर्षको रुपमा अघि बढाउने निर्णय गर्दै चारआली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर १३ को सातौं वार्षिक साधारणसभा असोज ६ गते सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभामा संस्थाले हालसम्म गरेका कामको उपलब्धी साथै आगमी वर्षका लागि प्रस्तावित कार्ययोजनामाथि विशेष छलफल गरी पारित गरिएको छ ।

“सक्षम, सबल र दिगो व्यावसायी चारआली साकोसको रोजाई” भन्ने परिकल्पनाका साथ सुरु भएको संस्थाको वार्षिक प्रतिवेदन प्रस्तु गर्दै अध्यक्ष पुस्पराज कार्कीले सहकारी मूल्य मान्यता, दर्शन र सिद्धान्तको पालना गरी संस्थाले छोटो समयमा शेयर सदस्यको हक हितका लागि चालेको कदमका कारण समुदायमा नाम उँचो राख्न सफल भएकोमा सन्तुष्टि व्यक्त गरे ।

कार्कीले आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तावित १४ वटा कार्ययोजना प्रस्तुत गरेका थिए । संस्थाले आगमी वर्षदेखि लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, निक्षेप तथा कर्जाको व्याज दरमा समय सापेक्ष परिर्वतन गर्ने, संस्थाका शेयर सदस्यहरुको दुई लाख रुपैयाँ बराबरको बीमाको व्यवस्था गर्ने योजना अघि सारेको छ ।

मेचीनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच संस्थाको एक वर्षको अवधिमा विभिन्न क्षेत्रका राम्रो काम गर्ने व्यक्तिहरुलाई नगर, सम्मान पत्रसहित सम्मानसमेत गरिएको छ ।

जसमा ज्येष्ठ नागरिकतर्फ घनश्याम चिमरिया, उत्कृष्ट बचतकर्ता पुष्प घिमिरे, उत्कृष्ट ऋणी हेमकुमार गुरुङ्ग, उत्कृष्ट कर्मचारी सानु भण्डारीलाई सम्मान गरिएको छ । त्यस्तै यस वर्षको अपाङ्ग तथा जेहेन्दार विद्यार्थीतर्फ बाल सुवोधनीमा कक्षा ८ मा अध्ययन गर्ने रमिला कार्की (शारिरिक अपाङ्ग) र कक्षा ५ मा अध्ययन गर्ने रविन राजवंशी (जेहेन्दार ) लाई नगदसहित सम्मान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *