सेयर बजारमा अस्वाभाविक गिरावट, १०० अंकले घट्यो बजार
Published:
by .काठमाडौं-दोस्रो कारोबार दिन सोमबार सेयर बजार अस्वाभाविक रुपमा ओरालो लागेको छ। यस दिन पुँजी बजार मापन परिसूचक नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दूमा आइपुगेको छ।
यस दिन समग्र नेप्से सूचक ३.४३ अंकले घटेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको थियो।
भारी गिरावट आएको बजारमा सेयर कारोबार रकम भने बढेको छ। आइतबार सात अर्ब ३० करोड ५० लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको सेयर बजारमा आज आठ अर्ब ८८ करोड ८८ लाख १३ हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
यसैगरी, सातको पहिलो कारोबार दिन ०.०६ अंकले बढेर ५४३.८० बिन्दूमा पुगेको क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स आज १८.२० अंकले ओरोलो लागेर ५२५.९० बिन्दूमा झरेको छ ।
आज २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयर मूल्यमात्र बढेको छ। बाँकी १८५ कम्पनीको सेयर मूल्य घटेको छ। आज खरिद बिक्रीमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ।
यस कम्पनीको करोड ३४ लाख २४ हजार १५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ। यसैगरी, खरिद बिक्री धेरै हुने दोस्रो कम्पनी एनआईसी एसिया बैंक रहेको छ। यस बैंकको आज ३७ करोड ७३ लाख ६४ हजार ५२७ रुपैयाँ बराबारको सेयर कारोबार भएको छ।
आज कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।आज सबैभन्दा धेरै कर्णली विकास बैंकको सेयर मूल्यमा गरिावट आएको छ।
यस बैंकको सेयर मूल्य आज ७.८२ प्रतिशतले घटेको छ। आज कारोबामा आएको १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको हो।
Comments