Sajhamanch Archive

मधेश प्रदेशको मतदान स्थल जनकपुरमा तनाव

Published: in विविधा by .

काठमाडौँ । मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र जनकपुरमा तनाव बढेको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको छ।

‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरिएको थियो ।तनाव थप बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । पाँच सेल अश्रुग्यास प्रहार गरिएको बताएको छ ।

जनकपुरधाम स्थित महेन्द्रनारायण निधि प्रतिष्ठानको भवनमा निर्वाचन हुनुपूर्व जनमतका नेता कार्यकर्ताहरु लाठीभाटासहित प्रवेश गर्न खोजेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *