Sajhamanch Archive

दलिततर्फ सुदूरपश्चिमबाट माओवादीका पार्की विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

कञ्चनपुर, नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्। उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए।

उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्।

बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान भएको थियो। बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *