पावेलको शतकाले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता
Published:
by .एजेन्सी, दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जीत निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ।
बुधबार राति सम्पन्न टी २० सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० रनको जीत निकालेको हो।
वेस्ट इन्डिजलाई जीत दिलाउन रोवमन पावेलले ५३ बलदमा १०७ रन प्रहार गरे। उनको विस्फोटक ब्याटिङसँगै वेस्ट इन्डिजका निकोलस पुरनले पनि ७० रनको योगदान दिए।
यससँगै आयोजक टिमले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर २२४ रन बनाएको थियो। इंग्ल्यान्डका रिस टोप्ले, जर्ज गर्टोन, टायमल मिल्स, लियम लिविनस्टोम र आदिल रसिदले समान १–१ विकेट गिराए।
जवाफमा इंग्ल्यान्डका टोम बन्टोनले ७३ र फिल सल्टले ५७ रन बनाए पनि जितको लागि पर्याप्त भएन। उसले जवाफमा पुरा ओभर खेल्दै नौ विकेट गुमाएर २०४ रन मात्र जोड्न सक्यो।
त्यसक्रममा वेस्टइन्डिजका रामरियो सेफर्डले तीन विकेट गिराउँदा किइरोन पोलार्डले दुई विकेट गिराए। यसअघि पहिलो खेलमा नौ विकेटको जित निकालेको वेस्ट इन्डिजले दोस्रो खेलमा एक रनको हार बेहोरेको थियो।
Comments