Sajhamanch Archive

इलामका १४५ विद्यार्थी र ३०० सर्वसाधारणलाई जेसीजको सहयोग

Published: in समाज by .

रोङ (इलाम) । वीरता जेसीज र काठमाडौं जेसीजले इलामको रोङ गाउँपालिका वडा नं. ६ स्थित मोतीराम माविका १४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा व्याग सहयोग प्रदान गरेका छन् । जेसीजको सहयोगमा विद्यार्थीसहित स्थानीयबासी ३०० जनाको निःशुल्क आँखा तथा शारीरिक स्वास्थ्य परीक्षण गरिएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजका अध्यक्ष इनु थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले गरेका थिए ।

आर्थिक रुपमा विपन्न त्यहाँ अध्ययनरत सबै १४५ जना विद्यार्थीलाई अति आवश्यक विद्यालय पोशाक र व्याग प्रदान गरिएको हो ।

वीरता जेसीज र काठमाडौं जेसीजबीच यसैवर्ष भगिनी सम्बन्ध स्थापनाको सम्झौता पछि पहिलो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पोशाक र व्याग तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा विद्यार्थीको आँखा जाँच गरिएको थियो । अस्पतालका होमप्रसाद धिताल नेतृत्वको टिमले विद्यार्थीको आँखा जाँच गरेको थियो ।

त्यस्तै मेची अञ्चल अस्पतालको प्राविधिक सहयोगमा त्यहाँका चिकित्सक वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलसहितको टोलीले स्थानीयको शारीरिक स्वास्थ्य जाँचमा सहयोग पुर्याएको थियो । बुधबारेस्थित महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका डा. भुवन थापासहितको टिमले निःशुल्क स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *