Sajhamanch Archive

गौरीगञ्जका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन पछि हस्तान्तरण

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by .

गौरीगञ्ज । दक्षिणी झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका विद्यालयमा खानेपानी शुद्धिकरण परियोजना अन्तर्गत वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको वडानम्बर ६ मा अवस्थित चिलारा प्राथमिक विद्यालय, आधारभूत जनकल्याण प्राथमिक विद्यालय, जनता आधारभूत विद्यालय, जनता प्राथमिक विद्यालय, तारा प्राथमिक विद्यालय, आदर्श प्राथमिक विद्यालय र मदरशा इस्लामिया हाफिजुल उलुममालाई वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी हस्तान्तरण गरीएको हो ।

हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपाल/युएसए. (एचएचआरडी) अन्तरर्राष्ट्रिय गैह्र सरकारी संस्थाको सहयोगमा उक्त कार्य सम्पन्न गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिएका हुन् ।

झापामा शुद्ध पिउने पानीको अभाव भएका विद्यालयहरुको पहिचान गरी विगत ५ वर्षदेखि संस्थाले यस किसिमका परियोजना सञ्चालन गर्दै आएको संस्थाका उपाध्यक्ष केशव भण्डारीको भनाई छ । परियोजना हस्तान्तरण कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका शिक्षा अधिकृत केशव भट्टराईले आईरनयुक्त पानी पिउन बाध्य यस क्षेत्रका विद्यार्थी तथा स्थानीय बासिन्दाले अब शुद्ध पिउने पानी पाएको भन्दै दातृ संस्थाहरु प्रति आभार प्रकट गरेका छन् ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले शुद्ध पिउनेपानी परियोजनाबाट विद्यालय परिवार मात्र नभएर स्थानीय बासिन्दाहरूमा समेत शुद्ध खानेपानीको पहुँच पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

गौरीगञ्ज गाउँपालिकाका सबै विद्यालय तथा मदरसाहरुमा यसैवर्ष भित्रमा शुद्ध पिउने पानी पुर्याउने र क्रमशः अन्य पालिकाका शुद्ध पिउने पानीको अभाव रहेका विद्यालयहरुमा समेत यस्ता परीयोजना पुर्याउने परियोजनाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *