Sajhamanch Archive

आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ नमूना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *