Sajhamanch Archive

ऐतिहासिक, धार्मिक क्षेत्र सताक्षीधाममा बल्यो बिजुली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दूधे । झापाको पुरानो ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थ स्थल सताक्षीधाममा विजुली पुगेको छ ।

आइतबार सताक्षीधाम परिषरमा एक कार्यक्रमको आयोजना गरी क्षेत्र नं. ४ का प्रतिनिधीसभा सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद द्वय झलकसिंह दर्लामी र हिरा थापा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले संयुक्त रुपमा विजुलीको उद्घाटन गरेका छन् ।

नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत सो क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो ।

उर्जा मन्त्रालयबाट प्राप्त रु २७ लाखको लागतमा हालै सतासीधाममा विजुली जडान गरि सञ्चालनमा ल्याईएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ ।

वर्षौदेखि सताक्षीधाम विजुली पुर्याउने प्रयास यस पल्ट भने सफल भएको छ । सो क्षेत्रमा विजुली नहुँदा तीर्थालु भक्तजन, हरिवेद विद्यालय विद्यार्थीहरु र धामबासी साधु सन्तहरुलाई समस्या पर्दै आएको थियो ।

यस अघि शिवसताक्षी नगरपालिकाबाट १० लाखको लागतमा सोलार प्यानल जडान गरेपनि खासै प्रभावकारी हुन सकेको थिएन ।

शिवसताक्षीका मेयर चन्द्रकुमार शेर्माले वर्षौदेखिको विजुलीको समस्या सताक्षीधाममा समाधान भएको बताए । नगरपालिकाले नगर क्षेत्रका दोमुखा र सताक्षीधाम विकासकालाई गुरु योजना तयार भई सकेको जानकारी दिए ।

त्यस्तै प्रतिनिधी सभा सांसद एलपी साँवा लिम्बुले धाम विकासका लागि प्रदेश र केन्द्रबाट पनि बजेट छुट्याउन सकिने जानकारी दिए ।

झिलझिले बजारबाट उत्तर करीब ५ किलोमिटरको दुरीमा ६१ ओटा विजुलीको पोल लगाई दुई फेस विद्युत पुर्याई २५ केभीको ट्रान्सफरमर जडान गरिएको विद्युत प्राधिकरण दमकका प्रमुख राजिव सिंहले बताए ।

सोही अवसरमा विभिन्न दाताहरुले मन्दिर विकास समितिलाई पंखा समेत वितरण गरिएको संस्थाका अध्यक्ष प्रसाद सुब्बाले वताएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, शिवसताक्षी नगरपालिका उपमेयर भोजकुमारी नेपाल लगायत विभिन्न संघसंस्थाका अध्यक्ष, पार्टी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *