खोप अभियानको एक वर्षमा एक करोड ३७ लाखलाई पूर्ण खोप
Published:
by .काठमाडौँ, नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ ।
यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४।२ र पूर्ण मात्रा लगाउने ४५।२ प्रतिशत पुगेका छन् ।
लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ ।
उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ । २०७७ माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।
नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो । सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन ।
सर्वसाधारण मात्र नभई चिकित्सक, नर्सहरू पनि खोपप्रति विश्वस्त हुन सकेका थिएनन् । खोपप्रति विश्वास दिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्चलगायतका सङ्घ, संस्थाहरूले खोप अभियान सफल बनाउन जनचेतना अभियान नै सुरु गरे ।
पहिलो पटक भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । पछि नेपालले २० लाख खोप खरिद गर्दा भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेको थिएन् ।
कोरोना महामारी बढ्दै गएपछि खोपप्रति नागरिकको आकर्षण नै बढ्दै गयो । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा अब कोरोनाबाट बच्न खोप मात्र विकल्प भएको भन्दै खोप लगाउन थालिएको थियो ।
पछिल्लो समय ठूलो शक्ति प्रयोग गरेर पनि नेपालमा खोप लगाउन थालियो । सुरुमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्दासमेत कतिपय पत्रकारले पनि खोप लगाउन मानेका थिएनन् ।
पछि सङ्क्रमण बढ्न थालेपछि खोप पाइएन र सर्वोच्च अदालतमा पत्रकारहरूले मुद्दा हालेर ‘खोप लगाउन दिनूू’ भन्ने आदेश सर्वोच्चले दिएको थियो । सर्वोच्चले आदेश दिए पनि खोप नभएका कारण खोप लगाउन पाइएको थिएन ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि खोप ल्याउन राम्रो प्रयास सुरु भयो र खोप पनि सहज बन्दै गयो । त्यो बेलाको अवस्था सम्झँदै स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वास्थ्यकर्मी पनि खोपप्रति विश्वस्त हुन नसकेको बताए ।
पहिले खोप लगाउन आइदिनुस्भन्दा कोही आउँदैन थिए, उनले भने, “अहिले खोपको महìव बढ्दै गएको छ, ठीक एक वर्षअघिको अवस्था र अहिलेको अवस्थामा खोपप्रति धेरै फरक धारणा छ ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल पनि पहिले स्वास्थ्यकर्मी नै विश्वस्त हुन नसकेको अवस्थामा सर्वसाधारण विश्वस्त हुन नसक्नु स्वाभाविक भएको बताउँछन् । उनले पछिल्लो समय खोपप्रतिको महìव बढ्दै गएको जानकारी दिए ।
खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले खोप लगाउन सुरुवाती अवस्थामा ठूलो चुनौती बेहोरेको बताउँछन् । कसैले पनि खोप नलगाइदिएर समस्या भएको भन्दै उनले पछिल्ला दिनमा खोपप्रति आकर्षण बढेको जानकारी गराए ।
कोरोनाले मानिसको मृत्यु बढ्दै गएपछि र अत्यधिक सङ्क्रमित हुन थालेपछि खोपप्रति विश्वास बढेको उनको धारणा छ ।
Comments