Sajhamanch Archive

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक

Published: in राष्ट्रिय समाचार, समाज, by .

काठमाडौ, न्याय सेवा आयोगको बैठक आज बस्दैछ । ६ पुसमा स्थगित बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू भने कोरोना संक्रमणका कारण सहभागी हुने सम्भावना कम छ ।

उनी कोरोना पुष्टिपछि आइसोलेसनमा रहेका छन् । कानुनमन्त्री बडू उपस्थित नभए पनि प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी बैठकमा सहभागी हुनेछन् ।

आयोगमा प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता, लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *