Sajhamanch Archive

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो। बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो।

निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै चाँडोभन्दा चाँडो मिति तोक्न आग्रह गर्दै आएको छ।

सत्ता गठबन्धनले वैशाखमा हुनुपर्ने निर्वाचनलाई पर धकेल्ने प्रयास गरिरहेको छ। स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने योजनामा गठबन्धन छ। ऐनमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।

तर, संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको छ। ऐनलाई संशोधन गरेर संविधान अनुसार बनाउने तयारी गठबन्धनले गरिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *