अफताव आलमको मुद्दा कार्की र शर्माको इजलासमा सुनुवाइ हुँदै
Published:
by .काठमाडौं– नेपाली कांँग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दाको आज सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो।
बिष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको पटकपकट यसअघि पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको छ।
रौतहटमा २०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि इट्टा भट्टामा मानिसलाई जिउँदै जलाएर मारेको अभियोग लागेका आलम रौतहट जिल्ला अदालतको फैसलापछि पुर्पक्षका लागि थुनामा छन्। उच्च अदालतले पनि जिल्लाको फैसला सदर गरिसकेको छ।
आलम जिल्ला र उच्चको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।
Comments