१९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु
Published:
by .काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको छ।
यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ। बिहीबार देशभर ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो।
संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
Comments