Sajhamanch Archive

कांँग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको हो। कार्यसमिति सदस्यको नाम भर्चुअल बैठकले अनुमोदन गरेको छ।

कार्यसम्पादन समिति सदस्यमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन् ।

बैठकले कांँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसमिति सदस्यबाट कार्यसम्पादन समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना समेटिएका छन् ।

सभापति देउवाले १४ औं महाधिवेशनमा साथ दिने र चुनावी प्रतिस्पर्धामा रहेका नेतालाई कार्यसम्पादन समितिमा समेट्का छन् । १४ महाधिवेशनले १३ पदाधिकारी चयन गरे पनि कोषाध्यक्ष मनोनित गर्न भने बाँकी छ।

कार्यसम्पादन समितिमा काँग्रेसको प्रवक्तासमेत रहने व्यवस्था छ। अहिलेसम्म पार्टीमा प्रवक्ता नियुक्त भएका छैनन्। कार्यसमितिपछि काँग्रेसमा कार्यसम्पादन समिति महत्वपूर्ण निकाय हो। केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिले महत्वपूर्ण निर्णय गर्न सक्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *