Sajhamanch Archive

पत्रकार बिश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको गम्भीर लापरवाही : पत्रकार महासंघ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौ, नेपाल पत्रकार महासंघले पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन हुनुमा अस्पतालको गम्भीर लापरवाही औँल्याएको छ।

महासंघले गठन गरेको अध्ययन समितिले सिभिल अस्पतालको लापरवाहीको कारण पत्रकार विश्वकर्माले ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक गरेको हो।

‘त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल तिर्न जाँदा अस्पताल काउण्टरले कोभिड परीक्षणसहितको शुल्क रु ४१०० रुपैयाँ मागेकोमा भाई गौतमसँग रु ३५०० मात्रै भएको बताएपछि अस्पतालले कोभिड परीक्षणबाहेक रु ३२९० असुल गरेको पाइयो’ प्रतिवेदनमा भनिएको छ, ‘बिरामीसँग पैसा नभएको थाहा पाएपछि अस्पतालले बिरामीको संवेदनशील अवस्था बुझेर उनको ज्यान बचाउनेभन्दा उनीबाट उपचारको शुल्क असुल हुन नसक्ने अवस्था बुझेपछि बेवास्ता र लापरवाही सुरू गरेको देखिन्छ।’

टिभी टुडे टेलिभिजनमा कार्यरत वरिष्ठ संवाददाता एलबीको २५ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो।

महासंघले सो घटनाबारे अध्ययन गर्न केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, शिवराज खत्री र प्रकाश धौलाकोटी रहेको तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

महासंघले पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

साथै, मृतकसँग आश्रित परिवार (श्रीमती र साढे ३ वर्षको छोरा) को हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाईको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासंघले आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *