Sajhamanch Archive

कलबलगुरीलाई प्रदेश एकको प्रमुख प्रशिक्षण केन्द्र बनाइने

Published: in राष्ट्रिय समाचार, by .

भद्रपुर । प्रदेश एक अन्तर्गतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृत तृतीय श्रेणीका कर्मचारीहरुका लागि सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।
३० दिनसम्म विभिन्न विषयमा छलफल हुने प्रशिक्षण आइतबार शुरु भएको हो ।

ग्रामीण विकास प्रशिक्षण केन्द्र, कलवलगुरी झापाको आयोजनामा राजधानी बाहिर पहिलोपटक अधिकृत कर्मचारीहरुका लागि यस्तो खालको प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । प्रशिक्षार्थीका रुपमा २५ जना अधिकृत कर्मचारी सहभागी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश एकका प्रमुख सचिव केदार न्यौपानेले ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई प्रदेश एकको प्रमुख प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने धारणा प्रदेश सरकारको रहेको बताए । राजनीतिक जनप्रतिनिधिका लागि मात्र नभएर प्रदेशका सबैखाले प्रशिक्षण अबका दिनमा कलवलगुडीमा हुने पनि उनले बताए ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार आचार्यले राजधानी बाहिर यस्तो खालको प्रशिक्षण आयोजना हुनु प्रशंसनीय रहेकोे बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले भद्रपुर नगरपालिकाभित्र भएको यो प्रशिक्षणलाई नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताइन् । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख लावण्यराज दाहाल, ग्रामीण विकास प्रशिक्षण केन्द्रका निमित्त निर्देशक कृष्णप्रसाद भट्टराईलगायतले उद्घाटन समारोहमा बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *