Sajhamanch Archive

रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत

Published: in विश्व समाचार, by .

एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो ।

आगामी साता बेलायतले पूर्वी युरोपमा सेना पठाउने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेटो मार्फत बाल्टिक राज्य र पूर्वी राज्यमा आफ्नो सेनाको संख्या दुईगुणा बढाउने बताएका हुन् ।

यसअघि उक्त क्षेत्रमा बेलायती सेनाको संख्या १ हजार १५० पुग्नेछ । सेना पठाएपछि इस्टोनियामा हतियार समेत पठाउने तयारीमा बेलायत रहेको छ ।

बेलायतले रुस र युक्रेनबीचको तनाव कम गर्न रुससँग वार्ताको तयारी पनि गरेको छ । बेलायतले आफ्नो रक्षा तथा विदेशमन्त्रीलाई वार्ताको लागि रुस पठाउने तयारी गरेको हो ।

रुसले युक्रेनसँगको सीमा एक लाखभन्दा बढी सैनिक, ट्याङ्क, हतियार र मिसाइल तैनाथ गरेको छ । पश्चिमी देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको दाबी गर्दै आएका छन् भने रुसले आक्रमण गर्ने कुनै मनसाय नरहेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *