हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन
Published:
by .काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो।
यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले २ हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन्।
कोरोना महामारी बढेगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो।
Comments