Sajhamanch Archive

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे सरकारका प्रवक्ता कार्की

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं। सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट पारित गर्नेरनगर्ने विषयमा रस्साकस्सी चल्दैगर्दा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग भेटघाट गरेका छन्।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई आफू संसद्मा अघि बढाउने मनस्थितिमा रहेको जानकारी गराएका थिए।

प्रधानमन्त्री देउवा गठबन्धन फुट्ने अवस्थामा आएपनि एमसीसी अघि बढाउने मनस्थिति देखिएकोमा नेकपा माओवादी (केन्द) र नेकपा (एकीकृत समाजवादी) का नेता भने यथास्थितिमा अघि बढाउन नहुने पक्षमा देखिएका छन्।

यद्यपि, गठबन्धन दलका नेताबीच एमसीसी पारित गर्ने विषयमा ठोस पहल गर्न आइतबारका लागि बोलाइएको संसद् बैठक १० दिनपछि २६ माघमा सारिएको छ।

प्रधानमन्त्री देउवाले संसद्को यही चालू अधिवेशनबाट एमसीसी पारित गर्ने सोच बनाउँदा सरकारका प्रवक्ता समेत रहेका कार्की एमाले अध्यक्ष ओलीलाई पुनः भेट गरेका छन्।

यसअघि पनि प्रधानमन्त्रीको एमसीसी पारित गर्न सहयोग गर्न आग्रह सहित कार्कीले ओलीसँग भेट गरेका थिए। एमाले अध्यक्ष ओलीले सरकारका प्रवक्ता कार्कीसँगको भेटमा सरकारले एमसीसीलाई संसद्मा ल्याएको अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ।

प्रधानमन्त्री देउवा गठबन्धन दलबाट सहयोग नभएको अवस्थामा पनि एमसीसीलाई संसद्मा पेश गर्नुपर्ने दाबबमा प्रधानमन्त्री देउवा रहेका छन्।

यसअघि १ फब्रअरीसम्म एमसीसी मूख्यालयले पारित गर्ने समय नेपाललाई दिए पनि सरकारको आग्रहमा फेब्रुअरीको अन्त्यसम्म समयावधि थपेको छ। एमसीसी मुख्यालयले यसअघि पनि संसद्बाट पारित गर्नेुपर्ने समय पटक पटक थप्दै आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *