Sajhamanch Archive

सरकारले बुधबार दियो सोनाम ल्होसारको सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *