Sajhamanch Archive

दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो।

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए।

सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताए।

सरकारले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउदैछ। कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढीसकेको छ।

यस्तै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन फाइजर खोप ८४ लाख मात्रा खरिद गर्ने सरकारको तयारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *