Sajhamanch Archive

आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by .

काठमाण्डौ – आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको सिमसार दिवसको नारा मानिस र प्रकृतिको लागि सिमसार कार्य भन्ने रहेको छ ।

सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका झण्डै ३ अर्ब जनसंख्याका लागि पुग्ने चामल उत्पादन हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै हुने यस क्षेत्रका विज्ञले बताएका छन् । यस्तै, सिमसार क्षेत्र चराका लागि बच्चा कोरल्न पनि उपयुक्त हुने अध्ययनले देखाएको छ ।

विश्व सिमसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर ताल, से फोक्सुन्डो ताल, माइपोखरी अनि कास्कीका नौ वटै ताल सिमसार क्षेत्र मानिन्छ ।

सरकारी अध्ययनले नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमासार क्षेत्र रहेको देखाएको छ । पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँ सिमसार हो । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदी किनार र धानखेत समेत पर्दछ । सिमसार नासिँदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा समते पर्ने विज्ञले बताउँदै आएका छन् ।

 उज्यालो अनलाइनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *