Sajhamanch Archive

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि.

झापा । अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट १ हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइसमा १५२ […]

विराटनगरमा बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि खुल्यो कोभिड अस्पताल

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि खुल्यो कोभिड अस्पताल.

विराटनगर । विराटनगरमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि प्रदेश १ सरकार मातहत रहेको कोसी कोभिड अस्पताल पनि सुचारु गरिएको छ । कोसी कोभिड अस्पताल गत चैत १५ यता कोरोना संक्रमित नभएपछि बन्द भएको थियो । कोसी अस्पताल विराटनगरका फिजिशियन डाक्टर डेनप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना गर्नुपर्ने विरामी आउन थालेपछि बिहीबारबाट कोसी […]

बलात्कारको बयान दिन पुगेकी अर्जुनधाराकी बालिकामाथि महिला प्रहरीबाटै दुर्व्यवहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बलात्कारको बयान दिन पुगेकी अर्जुनधाराकी बालिकामाथि महिला प्रहरीबाटै दुर्व्यवहार.

विर्तामोड । झापामा आफूमाथि भएको बलात्कारको बयान दिन प्रहरी कार्यालय पुगेकी बालिकामाथि महिला प्रहरीले नै दुर्व्यवहार गरेको पाइएको छ। अर्जुनधारा नगरपालिका–७ की १५ वर्षीया बालिकालाई इलाका प्रहरी कार्यालय अनारमनीकी प्रहरी हवल्दार पूजा प्रसाईंले दुर्व्यवहार गरेकी हुन्। ती बालिका आफूमाथि भएको बलात्कारको जाहेरी दिन बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन्। पाँच महिनायता छिमेकी ५० वर्षीय […]

विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

Published: in अर्थतन्त्र by . Leave a Comment on विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत.

काठमाण्डौ । विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व बैंकले प्राथमिकताकासाथ […]

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार झन्डै ८ अङ्कले बढ्यो.

काठमाण्डौ । शेयर बजार आज शुक्रवार झन्डै ८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ९३ अङ्कले बढेर २ हजार ९ दशमलव ४६ अङ्कमा पुगेको छ । आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता […]

मोरङ कारागारमा फैलियो कोरोना, १८ जना अस्पताल भर्ना

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on मोरङ कारागारमा फैलियो कोरोना, १८ जना अस्पताल भर्ना.

विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् । अस्पताल पुर्‍याइएका मध्ये १६ […]

रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हट्यो

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हट्यो.

काठमाण्डौ । क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हटेको छ । आउँदो सिजनको लागि चेल्सीले म्यानचेस्टरयुनाइटेडका मुख्य फरवार्ड रोनाल्डोलाई खरिद गर्ने इच्छा जनाएको थियो । चेल्सीले एजेन्टमार्फत युनाइटेड र रोनाल्डोसँग प्रारम्भिक चरणको छलफल पनि सुरु गरेको थियो । तर चेल्सीले अस्ति बुधवार म्यानचेस्टर सिटीका पूर्व फरवार्ड रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डोलाई भित्र्याउने योजना स्थगित […]

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै.

काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । आजको बैठकमा अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने तालिका रहेको छ । सुरुमा समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थसचिव र राजस्व सचिवसँग छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी […]

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु.

सोलुखुम्बु । सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन […]

एन्फा कार्य समिति बैठकमा पाँच एजेन्डा थप गर्न उपाध्यक्ष केसीको माग

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एन्फा कार्य समिति बैठकमा पाँच एजेन्डा थप गर्न उपाध्यक्ष केसीको माग.

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९ (एन्फा) को कार्यसमिति बैठक आगामी सोमबार बस्दैछ । सोमबार बस्ने बैठकमा बिभिन्न ११ एजेन्डामा छलफल हुँदैछ । उक्त कार्यसमिति बैठकमा पाँच एजेन्डा थप्न उपाध्यक्ष कुमार केसीले माग गरेका छन् । नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रमसहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् । […]