चारै सुरक्षा निकायलाई स्थानीय निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न गृहमन्त्रीको निर्देशन
Published:
by .काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।
निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन। तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो। सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ(आफ्नो धारणा राखेका थिए।
गृहमन्त्री खाणले कोरोना महामारीको अवस्थामा नागरिकमा परेको समस्यालाई मध्यनजर गर्दै सुरक्षाको आवश्यक तयारी गर्न र निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न निर्देशन गरेका हुन्।
Comments