Sajhamanch Archive

गठबन्धन नटुटाई एमसीसीबारे छलफल गर्दै जाने प्रधानमन्त्री देउवा, अध्यक्ष दाहाल र नेपालबीच समझदारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो।

छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

एमसीसीबारे दलहरुका आ–आफ्ना धारणा छन् र रहन्छन् भन्ने उहाँहरुको बुझाइ छ। यस विषयमा छलफल गर्दै जाने भन्ने समझदारी जुटेको छ, मल्लले भने।

नेताहरुले कुनै पनि हालतमा गठबन्धन टुट्न नदिने प्रतिवद्धता जनाएको पनि मल्लले जानकारी दिए। गठबन्धन इन्ट्याक्ट छ र रहन्छ भन्ने नेताहरुको साझा निष्कर्ष हो। उहाँहरुको त्यसमा कायम हुनुहुन्छ, मल्लले भने।

प्रधानमन्त्री देउवाले जसरी पनि (गठबन्धन तोडेर भएपनि) एमसीसी पास गर्न चाहेको भन्दै चर्चा चलेपछि दाहाल र नेपालले सो विषयमा समेत कुरा राखेका थिए। जवाफमा देउवाले कुनै गठबन्धन तोड्ने कुनै मनसाय नरहेको भनेर बताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *