Sajhamanch Archive

साताको अन्तिम दिन बजार दोहोरो अंकले घट्यो, कारोबार भने उत्साहजनक

Published: in अर्थतन्त्र, by .

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन पुँजीबजार मापक परिसूचक नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दूमा झरेको छ।

यसभन्दा अघिल्लो कारोबार दिन मंगलबार नेप्से १९.२९ अंकले बढको थियो। आज समग्र नेप्से ०.५० प्रतिशतले घटेको छ।

आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३६ अंकले घटेर ५४९.६४ विन्दूमा पुगेको छ। आज नेप्से सूचक घटेता पनि कारोबार रकम भने बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज ४५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक बन्दा १३७ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ। नौ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सर्किट लेभलमा कारोबार भएको छ। आज सबैभन्दा धेरै आरएमडीसी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

आज अरुण भ्याली हाइड्रोपार कम्पनीको सेयर सबैभन्दा धेरै ८२ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सेयर मूल्य बढेको छ। बाँकी उपसमूहको सेयर मूल्य ओरालो लागेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *