हवाई भाडा बढ्यो, सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी ४४५ रुपैयाँ, कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ बढ्यो
Published: (Updated: )
by .काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ।
आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा १६० रुपैयाँ भाडा बढेको छ।
Comments