Sajhamanch Archive

प्युठान दुर्घटनाका मृतक ७ जनाको सनाखत, बेहुला-बेहुलीको अवस्था चिन्ताजनक

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

प्यूठान, गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको स्थानीय पदमबहादुर केसीले जानकारी दिए ।

प्युठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राति १ बजेको समयमा दुर्घटना भएको केसीले बताए ।

घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

दुर्घटनाका बाँकी घाईतेलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेका अनुसार गौमुखी- ६ का बेहुला २५ वर्षीय दानबहादुर खड्का र गौमखी- ६ की बेहुली २० वर्षीया रीमा बिसीको अवस्था चिन्ताजनक छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउने गौमुखी- ६ लिवाङकी ४० वर्षीया बसन्ती खड्का, ११ वर्षीया बालिका यलिसा खड्का, ३० वर्षीया केशरी खड्का, करिब ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षीय खिमबहादुर खत्री, ३९ वर्षीय बसन्त खड्का र ५० वर्षीय नन्दि खड्काको सनाखत भएको छ।

दुर्घटनामा ज्यान गुमाउने करिब २२ वर्षीया युवतीको अझै सनाखत हुन नसकेको गैरेले जवानकारी दिए। दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *