सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु
Published: (Updated: )
by .सुनसरी, सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस शुक्रबार राति ठोक्किएका थिए।
दुर्घटनापछि दुवै सवारीसाधनमा आगलागी भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन्। दुई जनाको सनाखत भएको छैन।
दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दीलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जीतबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन्।
Comments