विद्युतीय भुक्तानीमा अन्तर आबद्धता सेवा लागू गर्न राष्ट्र बैंकको निर्देशन
Published:
by .काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तर आबद्धता सेवा लागु गर्न निर्देशन दिएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले एउटाबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो।
राष्ट्र बैंकको यो निर्देशनसँगै अब कुनै वालेट जस्तै- इसेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिने छ। यो व्यवस्था यसअघि अनिवार्य थिएन।
यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैंकले जनाएको छ।
Comments