बढ्यो भिजिट भिषामा गएकाहरू खाडी मुलुकमा अलपत्र पर्ने क्रम
Published:
by .काठमाडौं, अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ ।
जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए ।
भूसालका अनुसार भिजिट भिसामा जानेको तथ्यांक विभागमा पनि नहुने भएकाले अफ्ट्यारोमा परे नेपाल ल्याउन समस्या हुन्छ ।
युएई लगायतका खाडी मुलुकका केही देशमा आर्कषक तलब सुविधाको प्रलोभन देखाई विभिन्न व्यक्ति र संस्थाले भिजिट भिसामा रोजगारीका लागि व्यक्ति पठाइरहेको गुनासो आएको भुसालले बताए ।
‘केही व्यक्ति र संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाई भिजिट भिसामा लगेको पाइएको छ’ उनले भने, यस प्रकारको गैरकानुनी प्रक्रिया र बाटो प्रयोग गरी भिजिट भिसामा रोजगारीका लागि पठाउने कार्य रोक्न अनुरोध समेत गरिएको छ।’
विभागले यसअघि श्रम स्वीकृति नलिई छनोट प्रक्रिया शुरु गरेको जनाउँदै आधा दर्जन मेनपावर कम्पनीलाई समेत कारवाई गरिसकेको छ ।
विभागले भिजिट भिसामा गई काम गर्दा श्रमिकलाई शारीरिक, मानसिक हिंसा, कानूनी अधिकारबाट बञ्चित हुने जनाउदै नजान अनुरोध समेत गरेको उनले बताए ।
भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने घिमिरेको भनाइ छ ।
खाडीका अन्य देशको तुलनामा युएईमा भिजिट भिसामा गई रोजगारी गर्नेको संख्या बढदै गएर अलपत्र पर्ने गरेका छन्। विगत लामो समयदेखि भिजिट भिसा नेपाली जाने गरे पनि यसको व्यवस्थापन गर्न सकिएको छैन।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले पनि पछिल्लो समयमा भिजिट भिसामा गएर काम गर्ने व्यक्तिहरु अलपत्र परेको गुनासो आउने गरेको बताए ।
भिजिट भिसामा गएर श्रम गर्नेहरु अवैधानिक ठहरिने भएकाले यस्तो कार्य गैरकाूनी हुने घिमिरेको भनाइ छ । महिलाको तुलनामा पुरुषको गुनासो बढी आउने गरेको उनको दावी छ ।
भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानूनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने प्रवक्ता घिमिरे बताउँछन् ।
उनले भने ,‘भिजिट भिसामा गएर लुकिछिपी रोजगारी गर्नु गैरकानूनी काम हो ।यस्ता व्यक्तिलाई कुनै समस्या परे बैदेशिक रोजगार ऐन,२०६४ आकर्षित नहुने भएकाले जाने स्वम् व्यक्ति नै जिम्मेवार हुन्छ
हाल मन्त्रालयले विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन लविङ् गरिरहेको घिमिरेको भनाइ छ । भिजिट भिसामा जाने नेपालीलाई अध्यागमन विभागले सोधपुछ गर्ने भएपनि श्रम गर्न गएको भन्ने प्रमाण नदेखिने भएका कारण कारवाही अघि बढाउन नसकिएको उनले बताए ।
Comments