२४ घण्टामा १ हजार ७१४ जनामा संक्रमण, ९ जनाको मृत्यु, चार हजार ७७१ जना संक्रमणमुक्त
Published: (Updated: )
by .काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पाँच हजार २२५ जनाको पीसीआर र तीन हजार २८८ जनाको एन्टिजेन गरी आठ हजार ५१३ जनाको नमूना परीक्षण गर्दा एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार थप चार हजार ७७१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ।
Comments