Sajhamanch Archive

कांँग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- नेपाली कांँग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक यही माघ २७ गते बस्‍ने भएको छ।

कांँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्‍ने भएको छ।

उक्त बैठकमा म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्थानहरुका सम्बन्धनमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र पछिल्लो समय उठेका समसामयिक राष्ट्रिय मुद्दाहरुमा छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए।

यसअघि माघ १४ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो। कार्यसम्पादन समिति गठन गरिएको छ।

कार्यसम्पादन समिति ४५ सदस्यीय हुने कांँग्रेस विधानमा व्यवस्था गरिएको छ। अहिले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको र बाँकी सदस्य पछि थपिने जनाइएको छ।

कांँग्रेस केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुन्छ। केन्द्रीय कार्यसमितिको बैठक बस्‍न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने व्यवस्था छ। त्यसै अनुसार कार्यसम्पादन समिति गठन गरिएको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *