Sajhamanch Archive

सवारीमा जिपिएस अब बिर्तामोडबाटै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । स्कूल बस, ट्रक, ट्याक्सी, उद्योग, बैंक, सार्वजनिक गाडीहरुलाई विशेष खालका सुरक्षा प्रदान गर्ने उद्देशयले बिर्तामोडमा पूर्वाञ्चल सप्लायर्स इन्टरनेशनल प्रालिले आफ्नो सेवा औपचारिक शुभारम्भ गरेको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, मनकामना कलेजका शैक्षणिक संयोजक कुमार थपलिया, जिल्ला ट्राफिक प्रहरी उपप्रमुख कालिदास रेग्मीले लगायतले जिपिएस नामक डिभाइसको सार्वजनिक गरेका हुन् ।

यन्त्रले स्याटलाइटको माध्यमबाट आफ्नो स्थिति पत्ता लगाउने सवारी साधन पत्ता लागेपछि सो यान्त्रले मोबाइलको माध्यमबाट सवारी साधनको अवस्थितिलाई इन्टरनेट मार्फत संसारका सबै ठाउँमा हेर्न मिल्ने जनाइएको छ ।

संस्थाका प्रबन्धक अविस गैरेले कम्प्यूटर प्रविधिबाट जडान गरिएको जिपिएस सिस्टम धनीको मोवाइलमा आइडीको प्रयोग गरी हेर्न सकिने बताएका छन् ।

विशेषगरी विद्यालय, क्याम्पस, औद्योगिक प्रतिष्ठान लगायतले आफ्ना विद्यार्थी तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने गाडीमा यस्तो डिभाइस राखिने गैरेले बताए ।

यस्ता गाडीमा यात्रा गर्ने सबैको विवरण कार्यालयको कम्प्यूटरमा राखिने भएकाले सवारहरुको सम्पूर्ण कार्यका बारेमा अफिसमै बसेर जानकारी लिन सकिने पनि प्रबन्धक गैरे बताउँछन् ।

विद्यालयको गाडीमा राखिएको जिपिएस डिभाइसबाट विद्यार्थी स्कूल पुगेको, घर जानका लागि गाडी चढेको जस्ता सूचनाहरु एसएमएस मार्फत अभिभावकलाई जाने भएकाले यो सर्भिस सहज तथा सान्दर्भिक रहेको शाखा सञ्चालक सागर रिजालले बताए ।

आफ्नो विद्यालयको गाडीमा यो सर्भिस जडान गरिसकेको जनाउँदै मनकामना कलेजका सञ्चालक कुमार थपलियाले यसले विद्यालयमा सकारात्मक प्रभाव पारेको बताए ।

उद्घाटन समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईले सुरक्षित तथा सवारी साधन दूर्घटना कम गराउने यस्ता खालका सेवा प्रदान गरेकोमा नयाँ प्रविधि भित्राउने कम्पनीलाई धन्यवाद दिँदै यस्तो मेसिनले सुरक्षा संयन्त्र पनि सबल बन्ने धारणा राखिन् ।

संस्थाको बारेमा जानकारी गराउँदै कार्यक्रमको स्वागत तथा उपस्थितहरुलाई पुष्प भट्टराईले शब्दद्वारा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *