सतासी महिला मौरी पालनद्वारा सदस्यहरुलाई तीन दिने मौरी सम्बन्धी तालिम
Published: (Updated: )
by .दूधे । शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले तीन दिने मौरी पालन सम्बन्धी तालिमको उद्घाटन गरेको छ ।
दूधे स्थित भूतपूर्व सैनिक संघ नेपालको भवनमा सोमबार सहकारीले तालिमको उद्घाटन गरेको हो ।
सहकारीले नयाँ मौरी पालक कृषकहरुको लागि तालिमको आयोजना गरेको जनाएको छ ।
तालिमको नेपाल मौरीपालक महासंघ केन्द्रिय उपाध्यक्ष तथा संस्थाकी व्यवस्थापक देवी दाहालले उद्घाटन गरेकी हुन् ।
संस्थाले मौरी पालन गर्न इच्छुक नयाँ सदस्यहरुलाई मौरीका बारेमा जानकारी, यसलाई कसरी आयआर्जन मुलक बनाउने, मौरीलाई कसरी व्यवस्थित गर्ने विषयमा तालिम केन्द्रित रहने जनाएको छ ।
उद्घाटनका क्रममा उपाध्यक्ष दाहालले मौरी पालन सहाकारीले ल्याएको एक व्यक्ति एक रोजगार भन्ने नारालाई सफल बनाउन लागि परेको बताइन् । उनले संस्थाले मैनबत्ती बनाउने, पुराना खेर जाने कागजको नेप्किन पेपर र कप बनाउने योजनामा रहको .जानकारी दिइन् । संस्था गएको महिना फाइबरको माला बनाउने तालिम दिईसकेको र अहिले माला उत्पादन भई रहेको बताइन् । उनका अनुसार सदस्यहरुले बनाएको माला संस्थाले नै लिइने गरेको छ । आउँदो दिपावलीमा संस्थाले फाइबरको माला बजारमा ल्याउने तयारी रहेको उपाध्यक्ष दाहाले जानकारी दिइन् ।
तालिममा सहभागीहरुले मौरी पालन गर्न मनसाय रहेको खण्डमा संस्थाले मौरी र घार उपलब्ध गराउने जनाएको छ । सदस्यहरुले उत्पादन गरेको महलाई संस्थाले नै लिइदिने भएकाले मौरी पालक कृषकलाई बजारको समस्या नरहेको सतासी महिला मौरी पालन सहकारी संस्थाकी अध्यक्ष केशमाया थेवेले बताइन् । उनले संस्थाले प्रदेश स्तरीय मह प्रशोधन केन्द्र बनाई यहाँको महलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउने लक्ष्य राखेको जानकारी दिइन् ।
तालिममा भद्रपुर, इटहरी, तेह्रथुम, धनकुटा कनकाई र शिवसताक्षी गरी ४५ जनाको सहभागीता रहेको थियो । तीन दिने तालिममा नेपाल मौरी पालन महा संघकी उपाध्यक्ष तथा संस्थाकी व्यवस्थापक देवी दाहाल, मौरी पालन बजार प्रतिनिधी, सरु दाहाल, संस्थाकी उपाध्यक्ष धनमाया थापा र मौरी पालन प्रदेश नं. १ का सचिव तीर्थ दाहालले सहजीकरण गर्ने छन् ।
संस्थाका अध्यक्ष केशमाया थेवेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा संस्थाकी उपाध्यक्ष धनमाया थापाले सञ्चालन गरेकी थिइन् ।
Comments