Sajhamanch Archive

प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार छिरेका छन्।

अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार छिरेका हुन्। त्यस्तै देउवासँग त्रिपक्षीय वार्ताका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन्।

दाहाल र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको थियो। उक्त वार्ताका क्रममा दुई नेताबीच ओलीलाई पनि बालुवाटार बोलाउने सहमति भएको थियो।

मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)को मुख्यालयलाई देउवा-दाहालले यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने भन्दै गत असोज १३ गते संयुक्त हस्ताक्षरसहितको पत्र पठाएका थिए।

त्यो पत्र बालुवाटारले आइतवार बिहान सार्वजनिक गरिदिएपछि देउवासँग वार्ताका लागि दाहालबालुवाटार पुगेका थिए। पत्र सार्वजनिक भएसँगै सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला तीन नेता बालुवाटारमा जुटेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *