एमालेले अहिलेकै अवस्थामा सदन चल्न नदिने
Published:
by .काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने दोहोर्याएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बालुवाटारमा बोलाएको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्।
सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी बैठकमा एमालेले फेरि पनि सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ।
बैठकपछि पत्रकारसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले सदन चलाउन नदिने विषय राखेको बताए। उनले सभामुखले गैरसंवैधानिक रुपमा सदन चलाउन खोजेको बताए।
उनले एमालेले कारबाही गरेका १४ जना ुगैरसांसदु सहभागी भएसम्म सदन चल्न नदिने विषय राखेको पोखरेलले बताए।
Comments